१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

प्रतिकित्ता ५५६ रुपैयाँमा सर्वोत्तम सिमेन्टको पहिलो कारोबार सुरू

६ चैत, काठमाडाैँ । बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको पहिलो कारोबार भएको छ। मंगलबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे सेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो।

चैत ५ गते सोमबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

 नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो सोही मूल्यका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब साेही मूल्यलाई आधार मानेर नियमित कारोबार हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार ११:१९