१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

सूर्योदय वोमी लघुवित्तको ७५ हजार कित्ता सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

४ चैत, काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर आजदेखि लिलामी बिक्री खुला गरेको छ ।

बैंकले संस्थाको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो । बिक्रीमा राखिएको सो सेयरमा इच्छुक लगानीकर्ताले आगामी चैत १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ निर्धारण गरिएको छ ।

लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाडाैँकाे बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बोलपत्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : March 17, 2024 at 11:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/