१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले दिए आवेदन

३० फागुन, काठमाडाैँ । धितोपत्र बोर्डको अध्यक्षमा १९ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार अध्यक्ष पदमा १९ जनाको आवेदन दिएका हुन् । बोर्डको अध्यक्षका लागि गत फागुन १६ गते दरखास्त आव्हान भएकाे थियो । साे पदका लागि आवेदन दिने  अन्तिम दिन आज फागुन ३० गते बुधबार अपरान्हसम्ममा कुल १९ जनाको आवेदन दिएका हुन् ।

धितोपत्र बोर्डको अध्यक्षका लागि एक्सचेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठ, तत्कालिन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापाँगाई, धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ, बोर्डका निमित्त अध्यक्ष नबराज अधिकारी र राष्ट्रिय बीमा संस्थानका पुर्व प्रमूख प्रशासक शिबहरी श्रेष्ठले आवेदन दिएका छन् ।

त्यस्तै, अध्यक्ष पदका लागि नेप्सेकै पूर्व सीइओ सीताराम थपलिया,कृष्ण पोखरेल, धितोपत्र बोर्डका पूर्व इडी निरज गिरी, नेप्सेकै उपप्रबन्धक प्रबिण पन्धाक, मुक्ति अर्याल, नेपाल बैंकका पूर्व सीइओ कृष्णबहादुर अधिकारी, अर्थशास्त्री खगेन्द्र कट्वाल र बिमल तिवारीलगायतले आवेदन दिएका छन् ।

सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको समिति गठन गरेको छ । अब आवेदन दिएकाहरुमध्ये ५ जनाको नाम सर्टलिस्ट हुने छ ।सर्टलिस्टमा पर्ने ५ जनामध्येबाट प्रस्तुतीकरणका आधारमा ३ जनाको नाम सिफारिस समितिले सरकारलाई सिफारिस गर्नेछ । सरकारले सिफारिस नाममध्येबाट एक जनालाई  धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ ।

प्रकाशित मिति : March 13, 2024 at 5:48 pm