१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२९ फागुन, काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन २९ गते मंगलबार अन्तिम दिन रहेको छ। माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ३० गते बुक क्लोज गर्दैछन् ।

यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यी कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागि हुन सक्नेछन्।

नेशनल लघुवित्त वित्तीय संस्थाले चैत १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, माउन्टेन इनर्जी नेपालले चैत १३ गते, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बाेलाएकाे छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : March 12, 2024 at 9:26 am