१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

पूँजीबजारको समस्या सुधार कार्ययोजना पेश गर्न तीन नियमनकारी निकायलाई अर्थमन्त्रीको निर्देशन

२८ फागुन, काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले पूँजीबजारलाई देशको आर्थिक विकासको आधार मान्दै तत्काल सुधार गर्न मातहतका तीन नियमनकारी निकायलाई सात दिन भित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्।

अर्थमन्त्री पुनको निर्देशनमा हिजो अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई सात दिन भित्र कार्ययोजना पेश गर्न पत्र पठाएको हो।

‘अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकावाला समेतको राय लिई ७ दिनभित्र कार्ययोजना पेश गर्न मन्त्री ज्यूको निर्देशनअनुसार अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : March 11, 2024 at 12:06 pm