सिद्धार्थ बैंकको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा
२५ फागुन, काठमाडाैँ । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
महिला वर्गलाई लक्षित यस कार्ड मार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्ने जनाएकाे छ । यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ
प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १४:११