प्रभु बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
२५ फागुन, काठमाडौँ । प्रभु बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार १४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
बिक्रीमा राखिएको सेयरमा खरिद गर्न इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज फागुन २५ गतेदेखि १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
बैंकले यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गरेको थियो । सो समयमा आवेदन नपरेकोले अन्य लगानीकर्ताका लागि खुला गरिएको बैंकले जनाएको छ । बैंकले बिक्रीमा राखेको सेयरको भाउ भने तोकेको छैन ।
प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १३:५४