सिटिजन्स बैंकको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य
२३ फागुन, काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले काठमाडौँको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १०:४५