७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

आमा ! म फेरि नारायणीको किनारमा शालिग्राम भएर जन्मिन पाँउ

– लक्ष्मण सिटाैला

मलाई बलात्कार गर्यौ

मलाई मार्यौ

मेरो जिब्रो थुत्यौ

मेरो कानको जाली च्यात्यौ

मेरो नाक काट्यौ

मेरो बोली बन्द गरायौ

मेरो हात छिनाल्यौ

मेरो आँखा फुटायौ

मेरा दातहरु भाचिदियौ

मेरो छाला उतार्यौ

मेरो भविस्यमा आगो बाल्यौ

मेरो छाती छियाछिया पार्यौ

मलाई काट्यौ

मेरा रक्तधाराहरु धरतीमा बगाइदेउ

मेरा मासुका मादहरु गिद्दलाइ खानदेउ

बाकी रहेका मेरा हड्डिका टुक्रा कन्काललाइ

कुनै बिरुवाको फेदमा गाडीदेउ

ताकी म हरियो भएर फेरि उभिन चाहन्छु

यहि धर्तीमा

म यहि धर्तीको ध्वनि भै गुन्जिन्छु

आफ्नै माटाेमा

म कालीगण्डकीको किनारमा

शालिग्राम भएर जन्मिउ पाँउ !

आमा ! म फेरि तिम्रै आगन छेउ भएर बगेकी

नारायणी नदीको प्रध्वनी सुन्न आउनेछु !

आमा ! म तिम्रो आगनीको

तुलसीबोट भएर जन्मिने छु !

म फेरि सगरमाथा भएर उभिने छु !

र ती पापीहरुले

सजाय पाएको हेर्न उठ्नेछु

१९/११/२०८०
शुभ प्रभात ०६:५२
@ भरतपुर

प्रकाशित मिति : March 2, 2024 at 12:27 pm