११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

१७ फागुन, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं वार्षिक साधारणसभा चैत्र २० गते बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सानलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आर्थिक वर्षका लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ । त्यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीका तर्फबाट दुई जना सञ्चालक निवार्चन गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन २३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्रै सभामा सहभागि हसन पाउनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०९:५४