एनआईसी एशिया बैंकको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य
१६ फागुन, काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २०८ रुपैयाँ तोकिएको छ । सो सेयरमा विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाडौंको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : February 28, 2024 at 9:47 am









