१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

कुमारी बैंकको ९७ हजार बढी कित्ता सेयर बिक्रीमा

१३ फागुन, काठमाडौँ। कुमारी बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार ८४७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : February 25, 2024 at 9:37 am