१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेक प्रयाेग गरी अर्काको नाममा पैसा निकाल्ने राजकिशोर मण्डल पक्राउ

५ मंसिर,काठमाडौँ । नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट रु पाँच लाख निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले मण्डललाई सुन्धारास्थित हिलटन गेष्ट हाउसबाट पक्राउ गरेको हो । सोही समयमा मण्डलसँगै बसेका विकास लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मण्डलसँग एक थान मोबाइल र रु एक लाख ६ हजार ८९२ नगद समेत बरामद गरेको छ ।

प्रकाशित मिति : November 21, 2018 at 5:42 pm