ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द रहने
११ फागुन, काठमाडौँ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले १ दिनका लागि बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द हुने बैंकले जनाएको छ ।
सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जनाएको छ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०९:२१