११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

एनआइसी एशिया बैंकका ५१ शाखा बन्द, अझै अन्य पनि बन्द हुँदै

६ फागुन, काठमाडैँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि नारा सुन्दै आत्मीय लाग्ने  एनआइसी एसिया बैंक पछिल्लो समय संकटमा परेको छ । कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने बैंकमा खराब कर्जा बढेसँगै संकटमा परेको हो । आर्थिक संकटकै कारण बैंकका शाखाहरु धमाधम बन्द हुन थालेका हुन् ।

केहीदिन अघि मात्रै बैंकले विज्ञप्ति निकालेर शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेको बिषयमा प्रकाशित समाचारलाई लिएर बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोलकल्पित समाचारप्रति कुनै सत्यता नभएको दाबी गरेको थियो । तर बैंकको उक्त दाबी झुटो भएको खुलासा भएको छ ।

बैंकले २०८० वैशाख १ गतेदेखि फागुन ६ गतेसम्म (१० महिना) मा कुल ५१ शाखा बन्द गरिसकेकाे छ । वैशाख महिनामा मात्रै बैंकले ४ शाखारहित बैंकिङ सेवा बन्द गरेकाे छ । त्यस्तै बैंकले जेठमा शाखारहित सेवा र विस्तारित शाखा काउन्टर गरी कुल १७  शाखा रहित बैंकिङ काउण्टरहरु बन्द  गरेको छ । साउन महिनामा बैंकले ४ वटा, कात्तिकमा ४ र माघमा ५ गरी आजसम्ममा बैंकले कुल ५१ ठाउँमा शाखा रहित बैंकिङ काउण्टरहरु बन्द गरि सकेको छ।

सञ्चार माध्यमहरूमा यहि समाचार प्रकाशित गर्दा बैंकले यसमा कुनै सत्यता नभएको भन्दै विज्ञप्तिनै सार्वजनि गरेके छ । केहीदिन अघि मात्रै बैंकले ४ वटा काउण्टरहरु बन्द गरेको छ। शाखा रहित बैंकिङ अवधारणा अन्तर्गत सिराहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ नम्बर वडा गोरखाको सिउरिनीटार झापाको बुद्धशान्तिक गाउँपालिका वडा नम्बर ६ बाट दिंदै आएको बैंकिङ सेवा बन्द गरेको हो । यी त बैंकले बन्द गरिसककेका शाखा हुन्।  अब बैंकले अझै १०० भन्दा बढी शाखा बन्द गर्न लागेको बैंक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १६:३३