१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बोटलर्स नेपाल(बालाजु) १५ करोड १५ लाख घाटामा


४ फागुन, काठमाडाैँ ।  बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनी १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्ममा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीले बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.८२ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी १ करोड ५६ लाख रुपैयाँ र वित्त आम्दानी १४ लाख ३८ हजार रुपैयाा रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ७२ करोड ६२ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि ३८ करोड ६ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ जम्मा छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १४९ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ३ हजार १२० रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार ०९:३६