नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
४ फागुन, काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन १ गते देखि निष्कासन गरेको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन हाे । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन गरेकाे थियाे ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात २४ लाख २४ हजार इकाइ व्यक्तिगत तवरबाट(५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : February 16, 2024 at 9:19 am









