अाफ्नै विद्यार्थीलार्इ पटक पटक बलात्कार गरेर व्ल्याकमेलिङ गर्ने शिक्षक भट्टाचार्य पक्राउ
५ मंसिर, काठमाडाैँ । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय शिक्षक बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ ।
वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ बर्षीया युवतीलाई पटकपटक बलात्कारगरेको जाहेरी यपरेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो । विद्यार्थीलाई प्रलोभनमा पारी बलात्कार गरेको उजुरी परेपछि उनलाई अनुसन्धानका लागि ल्याईएको डिएसपी चन्दले बताए ।

उनका अनुसार भट्टाचार्यले प्रत्येक साता उनलाई राजाधानीको विभिन्न होटलहरुमा लगेर बलात्कार गर्थे, कुटपिट गर्थे । सानिमाया (नामपरिवर्तन)लाई कसैसँग पनि कुरा गर्न बन्देज लगाउँथे, उनको फेसबुक आफै चलाउँथे, सिम कार्ड चेन्ज गराइरहन्थे । कतिसम्म भने भट्टाचार्यको यातना सहन नसकेर सानिमाया आत्महत्यासम्मको सोचमा पुगिन् ।
प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ०८:५१












