२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

एमाले धादिङको अधिवेशनः पत्रकार गायत्री खतिवडालाई सर्वाधिक लोकप्रिय मत

३ फागुन, धादिङ । नेकपा एमालेको धादिङ जिल्लाको नवाैँ जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्य पत्रकार गायत्री खतिवडा र रंग थपलियाले सर्वाधिक लोकप्रिम मत पाएका छन । प्रेस चाैतारी नेपाली केन्द्रीय सदस्य समेत रहेकी गायत्रीले कुल खसेको ५५० मतमा ४३४ मत पाएकी छिन भने रंग थपलियाले ४५४ मत प्राप्त गरेका छन । उनीहरूसँगै अन्य दुई जनाले पनि ४ सय मत  कटाएका छन । त्यसरी मत कटाउने जिल्ला कमिटी सदस्यमा बलराम कुँवरले ४२४ र कमलबहादुर गुरूङ ४१५ मत रहेका छन ।

केन्द्रीय हस्तक्षेपलाई धुलो चटाउँदै धादिङमा भूमि त्रिपाठी समूहले क्लिन स्वीप गरेको छ । पार्टी महासचिव शंकर पोखरेलको आडमा जिल्ला अधिवेशन दश दिन स्थगित गराएर दश जना प्रतिनिधि थपेर खेम लोहनी समूहले चुनाव जित्न गरेका सबै प्रयत्न धुलिसात बनाउँदै त्रिपाठी समूहले पदाधिकारीसहित जिल्ला कमिटी नै क्लिन स्वीप गरेको छ ।

त्रिपाठीले लोहनी समूहका डा रामकुमार अधिकारीलाई ७१ मतले पराजित गरे । त्रिपाठीले ३०९ प्राप्त गर्दा अधिकारीले २३८ मत प्राप्त गरे । कुल ५७८ मतदाता रहेको धादिङमा ५५० मत खसेको थियो । यस्तै उपाध्यक्षमा रामकुमार आचार्यलाई पराजित गर्दै अर्जुनकुमार श्रेष्ठ गोर्खाली विजयी भए । त्यस्तै सचिवमा हरिराम लोहनीलाई पराजित गर्दै राधिका सापकोटा विजयी भइन । उपसचिवमा उर्मिला रेग्मी र भक्तबहादुर लामिछाने विजयी भए ।

यो पनि पढ्नुहोस्

एमाले धादिङको अधिवेशनमा कैलाशको ‘कु’, ओलीको निर्देशन सुन्न अध्यक्ष मण्डललाई बालकोटमा निम्तो

कैलाशले ‘कु’ गरेको एमाले धादिङको अधिवेशन अनिश्चित, अर्को मिति काशिनाथले तोक्ने

एमाले अधिवेशनः आफैँ लडेका सन्तोषलाई झडपमा घाइते भनेर लोहनी समूहले गरेको प्रचार झुठो

एमाले धादिङको अध्यक्ष मण्डलको अध्यक्षमा भानुभक्त ढकाल, गुरू बरालले सदस्य पनि पाएनन्

कैलाशले ‘कु’ गरेको एमाले धादिङको अधिवेशन आजदेखि हुने

एमाले धादिङ अधिवेशनः अध्यक्षमा वकिल र चिकित्सक प्यानलसहित प्रतिस्पर्धामा

एमाले धादिङमा पत्रकार रामेश्वर कार्कीसहित ५५ सदस्य निर्विरोध, भोलि मतदान (सूचीसहित)

केन्द्रीय हस्तक्षेपलाई धुलो चटाउँदै एमाले धादिङमा भूमि त्रिपाठी समूहको क्लिन स्वीप (मतसहित)

नेतृत्व चयनका लागि अहिले बिहान ७ बजेदेखि  भएको मतदान दिउँसो २ बजे सकिएको थियो । यसअघि हिजै ५५ जना जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएका थिए । केही सदस्य बाहेक सबै त्रिपाठी समूहका सदस्य विजयी भएका छन ।

पदाधिकारीका पाँच, जिल्ला कमिटी सदस्य एक सय र ६ सदस्यी लेखा समितिको कुला १ सय ११ पदका लागि १ सय ८४ जना मैदानमा थिए । मैदानमा रहेका मध्ये ५५ जना निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनमा विवाद भएपछि केन्द्रीय संगठन विभागले हस्तक्षेप गरी नयाँ अध्यक्षमण्डल र निर्वाचन कमिटी गठन गरेर दश दिनपछि अधिवेशन सुचारू गरेको हो । यसअघि एमाले सिन्धुली इन्चार्ज खेम लोहनी समूहले  बन्दसत्रमा बबाल गरेपछि दश दिनसम्म अधिवेशन स्थगित भएको थियो । दश दिन अधिवेशन स्थगित गराउँदा लोहनी आफू अध्यक्षमण्डलको सदस्यमा र दश जना प्रतिनिधि थप्न सफल भएका थिए ।

(यसअघि समाचारमा तथ्याङ्कमा केही तलमथि परेकोले सच्याइएकोछ । सम्पादक)

पूरै मतपरिणाम तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १७:००