८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, स्थानीयले किनेनन् सेयर

२ फागुन, काठमाडाैँ । सर्बोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयको लागि जारी गरेको आईपीओ बुधबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बुधबार आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले पुस २५ देखि माघ २५ सम्म आयोजना प्रभावित स्थानियलाई ९ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो । कम्पनीकाे आईपीओमा १,२२४ जना आवेदकहरुबाट २ लाख ४८ हजार ५०३ कित्ता सेयरको लागि जम्मा ८ करोड ९६ लाख ८४ हजार ७३२ रुपैयाँ ७० पैसाको लागि आवेदन परेको थियो।

बुक विल्डिंगको नियम अनुसार २२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने गरी सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको सेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : February 14, 2024 at 3:21 pm