८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, यस्तो छ नाफा

१ फागुन, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.४४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको  खुद नाफा ५०.८८ प्रतिशतले घटेर २ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षकाे साेही अवधिसम्ममा कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी २ करोड ४० लाख रुपैयाँबाट बढेर १५ करोड २९ लाख पुगेको छ । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड २६ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९९ पैसा घटेर २ रुपैयाँ ४९ पैसा कायम भएकाे छ। त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ४३ पैसा रहेको छ ।

प्रकाशित मिति : February 13, 2024 at 1:08 pm