७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

नेप्सेमा दोहोरो अंकको सुधार, पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट

२९ माघ, काठमाडौं । साताको दोसो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साेमबार नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा साेमबार ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरकोा १ करोड १ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। आज ५ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।  यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १५:२०