१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

फागुन महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर

२९ माघ, काठमाडाैँ । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।  १६ बैंकले फागुनका लाति  ब्याजदर घटाएका छन् भने ४ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

माघ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौं प्रतिशत ब्याजदर दिएका थिए। फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म ब्याजदर घटाएका छन्।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,प्राइम बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकले फागुनका लाति  ब्याजदर घटाएका हुन् ।

फागुनमा कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गरेको छ। कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.३५ प्रतिशत छ। प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत छ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८.५ प्रतिशत,ग्लोबल आइएमइ बैंकको ७.६ प्रतिशत र नबिल बैंकको ७.७६ प्रतिशत ब्याजदर दिएको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल एसबीआई बैंकले अधिकतम ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत र एनआइसी एशिया बैंकले ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

प्रकाशित मिति : February 12, 2024 at 10:17 am