८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेप्सेसँगै बढ्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

२५ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ५.६८ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बिहीबार ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन समाज लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : February 8, 2024 at 3:20 pm