२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा उछाल, प्रतिसेयर आम्दानी पनि बढ्यो

२५ माघ, काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्प्नीले ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३९.३८ प्रतिशत घटेको छ भने कुल खर्च २६.७३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन आम्दानी ५१.७३ प्रतिशत घटेको छ। १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ६ करोड ४७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ७४ पैसा बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रकाशित मिति : 10:59