२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै कालंगा हाइड्रो

२४ माघ, काठमाडाैँ । कालंगा हाइड्रो लिमिटेडले  सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएकाे छ ।  कम्पनीले आईपीओ निष्कासनका लागि प्रत्याभुतिकर्ता नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रतिसेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण सेयर निष्काशन का लागि ३४ करोड ९० लाख ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४ करोड १० लाख लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट सेयर प्रत्याभुति सम्झौता गरी साधारण सेयर प्रत्याभुतिकर्ता नियुक्त गरेको हो ।

प्रत्याभुतिकर्ता नियुक्त सम्झौतापत्रमा साधारण सेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जारी पुँजी १ अर्व ४० करोड रहेको यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा) को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण सेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।

प्रकाशित मिति : 17:34