९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

कुमारी बैंकको २८ हजार कित्ता सेयर बिक्रीमा

२२ माघ, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे । बिक्रीमा राखिएकाे सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडाैँकाे नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : February 5, 2024 at 1:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/