९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

एक कम्पनीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

२१ माघ, काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको १५ प्रतिशत नगद लाभांश माघ ३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ। साथै, भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले अनुरोध गरेको छ।

प्रकाशित मिति : February 4, 2024 at 1:55 pm