कुमारी बैंकको ४ लाख ५८ हजार कित्ता सेयर बिक्रीमा
१७ माघ, काठमाडौँ। कुमारी बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्रआवेदन दिनुपर्नेछ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको समयभित्र बिक्रीमा राखिएको सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ०९:२२