निर्माणाधीन घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु
१६ माघ, काठमाडाैँ । निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार पोखराको एक निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई लिफ्टबाट खसेका हुन् । भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।
घाइते भट्टराईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : January 30, 2024 at 5:09 pm










