१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

माउन्टेन इनर्जीको विद्युत बिक्री आम्दानी घट्यो, यस्तो छ नाफा

१२ माघ, काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ६३ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १.६३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा माउन्टेन इनर्जीले ३५ करोड ५८ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ७३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ७४ करोड ४० लाख रुपैयाँ थियो। १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५९ पैसा घटेर ३५ रुपैयाँ ५८ पैसामा सीमित भएको छ। भने कम्पनीको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रकाशित मिति : January 26, 2024 at 11:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/