राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन
११ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने भएका छन्। कार्यव्यस्तताका कारण मेयर बालेन निर्वाचन मतदान गर्न नगएको उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा पुगेकी छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।
प्रकाशित मिति : January 25, 2024 at 12:45 pm










