प्रभु बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली
९ माघ, काठमाडौँ । प्रभु बैंक लिमिटेड ले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ। बैंकको माघ ८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो। बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।
साथै सोही बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : January 23, 2024 at 10:53 am









