८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

९ माघ, काठमाडौँ । घलेम्दी हाइड्रो लिमिटेडले आज माघ १० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। हाइड्रोपावरले सर्वसाधारण समूहतर्फको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य रु १०० तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।  बिक्रीमा राखिएको उक्त सेयरमा जो कोहि व्यक्ति,संघ संस्था वा कम्पनीले सेयर खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद तोकिएको छैन। इच्छुक लगानीकर्ताले काठमाडौँको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालय र मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु,ठीमी,कुमारीपाटी,बिर्तामोड,विरगंज,जनकपुर,हेटौडा,नारायणगढ,पोखरा,बेनी बुटवल,दाङ,नेपालगंज,सुर्खेत,धनगढी र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउनु पर्नेछ । लगानीकर्ताले माघ २३ गतेसम्म खरिद आवेदन पेश गर्नुगर्ने छ ।

प्रकाशित मिति : January 23, 2024 at 9:30 am