१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

३९.९७ प्रतिशतले घट्याे प्रभु बैंककाे नाफा, यस्तो छ वित्तीय अवस्था

७ माघ, काठमाडाैँ ।  प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७२ करोड ३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । यो नाफा गत आवको साेही अवधिकाे तुलनामा भने ३९.९७ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंकको संचालन नाफा पनि ५.७७ प्रतिशत बढे १ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ घने जगेडा कोषमा १० अर्ब ११ करोड १५ लाख रहेकाे छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ४.९० प्रतिशत पुगेको छ । याे अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ६ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेवटर्थ १३५ रुपैयाँ २ पैसा कायम छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १२:२३