सानिमा बैंकको नाफा ११.४१ प्रतिशतले घट्यो
७ माघ, काठमाडाैँ । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १३ करोड ८६ लाख १४ हजार रुपैयाँ नाफा कमाएकाे छ । जुन गत आवको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ६६ लाख ९२ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १०.६६ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ८१ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६५ करोड १४ लाख ६० हजार रुपैयाँ रहेको छ । १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ३२ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
याे अवधिसम्ममा बैंकको खराब कर्जा ०.७७ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ । बैंककाे प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ०२ पैसा रहेको छ ।
प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १२:१४