९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी पनि बढ्यो

७ माघ, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ ।

याे अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा कायम भएकाे छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १८.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ।

प्रकाशित मिति : January 21, 2024 at 9:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/