१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

पुरानो नगद लाभांश लिन सेयरधनीलाई स्ट्याण्डर्ड चार्टर्ड बैंककाे अनुरोध

५ माघ, काठमाडाैँ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ देखिको नगद लाभांश  लिन सेयरधनीलाई अनुरोध गरेको हाे ।

हालसम्म नगद लाभांश लिन बाँकी सेयरधनीहरुले हितग्राही खाता नखोलेको भए हितग्राही खाता खोली भौतिक सेयरहरु अभौतिकरण गर्न पनि कम्पनीले भनेको छ। एक महिनाभित्र उक्त आर्थिक वर्षकाे लाभांश रकम लिन नआएका भुक्तानी हुन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले बताएको छ ।

प्रकाशित मिति : January 19, 2024 at 1:11 pm