२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

आज ललितपुरका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने


५ माघ, काठमाडौं । आज ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै आज बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुनेछ । यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १०:३४

https://srdb.com.np/