कुमारी बैंकको ४५ हजार कित्ता सेयर बिक्रीमा
५ माघ, काठमाडाैँ। कुमारी बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४५ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडाैँकाे नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १०:०४