१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

माछापुच्छ्रे बैंकको १ करोड कित्ता बढी सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

५ माघ, काठमाडाैँ। माछापुच्छ्रे बैंक लिमिटेडले केही संस्थापक समूहको सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको १ करोड १२ लाख ३२ हजार ४९४ कित्ता सेयर आज (माघ ५ गते) शुक्रबारदेखि बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य ११३ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा जो कोहि व्यक्ति,संघ संस्था,फर्म वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण सेयर संख्या खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले माघ १५ गतेसम्म सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरि बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ०९:५०