कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने, माघ २८ गते बोलायो साधारण सभा
१ माघ, काठमाडाैँ। कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो ।
उक्त बैठकले माघ २८ गते बैंकको २३ औँ वार्षिक साधारण सभा समेत बाेलाएकाे छ । सभा काठमाडाैँकाे त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।
यस्तै, सभाले संस्थापक सेयरधनीका तर्फ बाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना गरी कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारणसभा प्रयोजनको लागि बैंकले माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ माघ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : १ माघ २०८०, सोमबार ०९:२०