१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

प्रभु बैंकले पनि घटाएर सार्वजनिक गर्यो ब्याजदर, कुन खातामा कति ?

२९ पुस, काठमाडौं । प्रभु बैंकले माघ महिनाका लागि घटाएर  ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोली माघ १ गतेदेखि लागू हुने गरी घटाएर ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ ।

त्यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ बैंकले ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर ताेकेकाे छ। साथै, बैंकले रेमिट्यान्स मुद्दतीमा ९.०६५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १०:२०