१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लक्ष्मी सनराइज बैंकको साधारणसभाले पारित गर्यो लाभांश, रमण नेपाल अध्यक्षमा नियुक्त

२७ पुस, काठमाडाैँ। लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा सम्पन्न भएको छ । काठमाडाैँमा सम्पन्न बैंककाे २३ औँ सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ । साथै सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १०:५८