एक बैंकको २९ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा
२७ पुस, काठमाडाैँ। एनआईसी एशिया बैंकले बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले गत आर्थिक बर्ष २०७९/८० का लागि पारित गरेकाे बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हाे ।
गत असोज २८ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाबाट पारित भएको २९ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको बैंकले जनाएकाे छ । साथै, बोनस नेप्से र सीडीएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको पनि बैंकले जनाएको छ।
गत असोज १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरिएको बैंकले जनाएको छ। त्यसपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गर्ने क्रममा रहेको र हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई बोनस सेयर डिम्याट खातामा प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
प्रकाशित मिति : January 12, 2024 at 9:55 am









