१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने

२५ पुस, काठमाडाैँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। बुधबार एक सूचना जारी गर्दै नेप्सेले कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो।

विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने जानकारी दिएको छ ।

साथै नेप्सेले उक्त अवधिमा पर्न सक्ने असुविधाका लागि क्षमायाचना गर्दै विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि जनाएकाे छ ।

प्रकाशित मिति : January 10, 2024 at 1:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/