१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सेयरधनीको हात खाली बनाएको कुमारी बैंकले बोलायो साधारणसभा

२५ पुस, काठमाडाैं । सेयरधनीकाे हात खाली बनाएकाे कुमारी बैंकले साधारण सभा बोलाएको छ ।  बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले माघ २८ गते सभा बाेलाउने निर्णय गरेको हो ।

यो वर्ष बैंकले सेयरधनीका लागि कुनै लाभांश प्रस्ताव गरेकाे छैन् । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ, माघ ८ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १२:०४