७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एक दर्जन कम्पनीको साधारण सभा आज, यी कम्पनीले गर्दैछन् लाभांश प्रस्ताव पारित

२५ पुस, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १२ कम्पनीले आज पुस २५ गते बुधबार वार्षिक साधारण सभा गर्दैछन् । आज हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत, लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, सगरमाथा जलविद्युत, हिमालयम पावर पार्टनर, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन लघुवित्तको वार्षिक साधारण सभा आयोजना हुँदैछ ।

यी मध्ये ४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । सभामा लाभांश प्रस्ताव पेश गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत रहेका छन् ।  ८ कम्पनीले भने लगानीकर्ताको हात खाली बनाएका छन् । लगानीकर्ताहरुको हात खाली बनाउनेमा लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, सगरमाथा जलविद्युत, हिमालयम पावर पार्टनर, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन लघुवित्त रहेका छन् ।

हिमालयन डिस्टिलरीको सभा वीरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ । यस कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ ।

नेपाल ल्यूब आयल लिमिटेडको सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान ११.३० बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर सहित ५ नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । मञ्जुश्री फाइनान्सको सभा थापागाउँ ब्यांक्वेट नयाँ बनोश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । रु रु जलविद्युत परियोजनाको साधारण सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ । सभाले १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

प्रकाशित मिति : January 10, 2024 at 9:57 am