३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

अनेरास्ववियु जुगलको दोश्रो अधिवेशन सम्पन्न

२३ पुस, काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जुगलको दोश्रो अधिवेशन गत शनिबार ढाँडेबजार, जुगलमा सम्पन्न भएको छ । अनेरास्ववियुको केन्द्रीय सचिव सञ्जिव धितालको प्रमुख आतिथ्यामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव धितालले “नेपाली विद्यार्थी आन्दोलन कठिन मोडमा रहेको, विद्यार्थीहरुको पलायन रोक्न मुस्किल भैरहेको हुँदा विद्यार्थी आन्दोलन नयाँ शिराबाट अघि बढाउनु पर्छ, त्यसको अगुवाई अखिलले नै गर्ने धारणा ब्यक्त गरे । सो कार्यक्रमको विशेष अतिथि अनेरास्ववियु बागमती प्रदेश अध्यक्ष लाल बहादुर बुढाथोकीले “नेपाली विद्यार्थीहरुको हकहित र राष्टियताको सवाल साथै आन्दोलनको बाघ संगठन अनेरास्ववियु नै हो भनेर जिकिर गरे” ।

उक्त अधिवेशन पुर्ण तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने, कार्यक्रमको सहजिकरण अनेरास्ववियु बागमती प्रदेश सदस्य सुबोध राउतले गरेका थिए । सो अधिवेशनबाट अशोक तामाङको (घिसिङ) अध्यक्षतामा ३१ सदस्य रहने गरि पालिका कमिटी गठन गरेको अनेरास्ववियु बागमती प्रदेश कोषध्यक्ष अमृत थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : January 8, 2024 at 4:54 pm