सिटिजन बैंकको ७० हजार कित्ता सेयर बिक्रीमा
२३ पुस, काठमाडाैं। सिटिजन बैंक इन्टरनेशनलले सेयर बिक्रीमा राखेको छ । बैंकले आज(पुस २३ गते) देखि ७० हजार ४९०.६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखेकाे सेयर खरिदका लागि इच्छुक,व्यक्ति वा अन्य संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नारायणहिटीमा रहेको बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १३:०२